
जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गतका ३, ४ र ५ वडा जोड्ने रिङरोड सडक स्तरोन्नति सुरु गरिएको छ ।
यसका लागि गण्डकी प्रदेश सरकारको समपुरक बजेट ५० लाख र गाउँपालिकाको ७० लाख साझेदारी गरेका छन् ।
डकारताङ, नाम्गेल, फुवा हुँदै किम्लिङ जोड्ने ४ दशमलव ५ किमी रिङरोड सडक स्तरोन्नति सुरु गरिएको हो । चालु आर्थिक वर्ष २०७९/०८० का लागि गण्डकी प्रदेश र स्थानीय तहको आधा आधासाझेदारी रहने भनिए पनि त्यसमा थप २० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको हो ।
गाउँपालिकाले लोमान्थाङका ४ वटा गाउँ जोड्ने रिङरोड सडक स्तरोन्नतिका लागि फागुन महिनामा १ करोड १६ लाखमा दामोदरकुण्ड कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए ।
लोमान्थाङका ३ वडाका ४ गाउँ जोड्ने कच्ची सडकलाई फराकिलो बनाउने, ग्रेड मिलान गर्ने, मेसिनरी वाल, ड्रेन लगायतका काम गरी सडक स्तरोन्नति गरिने प्रशासकीय अधिकृत उपाध्यायले बताए । यसका लागि शुक्रबारदेखि निर्माण कम्पनी सडक स्तरोन्नति कार्यमा खटिएको र सडक ७ मिटर चौडा हुने उनले उल्लेख गरे । सडक स्तरोन्नति चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य छ ।
गण्डकी प्रदेश र पालिकाको संयुक्त साझेदारीमा सीमावर्ती गाउँ जोड्ने रिङरोड सडक स्रोन्नति थालिएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । ‘यसअघि सडक पहुँच पुगे पनि सडक साँघुरो र अप्ठ्यारो थियो । जसका कारण सवारी साधन आउजाउमा समस्या छ,’ अध्यक्ष गुरुङले भने, ‘त्यसैले हामीले ४ गाउँ जोड्ने सडकलाई प्राथमिकता दिएका हौं, सडक स्तरोन्नति सम्पन्न भएपछि ४ गाउँका झन्डै २ सय धुरीका बासिन्दा आउजाउ र मालसामान ढुवानीमा सहज हुनेछ ।’
उपल्लो मुस्ताङको लोमान्थाङबाट ४ गाउँका स्थानीय कृषि र पशुपालन व्यवसायमा आश्रित छन् । सडक बनेपछि उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकलाई सीमावर्ती गाउँसम्म पुग्नसमेत सहज हुनेछ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया