टि २० क्रिकेटमा कास्की ‘बी’को जित

समाधान संवाददाता २०८० वैशाख १८ गते ११:४३

पोखरा ।

Advertisement

कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा पनि कास्की ‘बी’ विजयी भएको हो ।

आइतबार भएको दोस्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १ सय २९ रन बनाएको थियो । १ सय ३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन पुनले जानकारी दिए ।

आइतबारको खेलमा कास्की ‘बी’ की कप्तान सृष्टि जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिइन् भने बलिङतर्फ पनि १ विकेट लिईन् । आइतबारको खेलमा पनि अलराउन्ड प्रदर्शन गरेकी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए ।

यसअघि शनिबार भएको पहिलो खेलमा पनि कास्की ‘बी’ विजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए ।

Advertisement

२८ बलमा ४० रन बनाएकी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए । पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए ।

उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर २ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।

तपाईको प्रतिक्रिया