‘खेलकुद र ध्यान’ कार्यशाला

पोखरा ।
पोखरामा आइतबार खेलकुद र ध्यान विषयक कार्यशाला भएको छ । श्री चिनमोई ओननेस होम पिस रन नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम भएको हो ।
मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदीप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण रहने बताए ।
उनले भने, ‘मानवको सफल जीवनका लागि ध्यान जति आवश्यक छ । त्यति नै खेलकुदका लागि पनि । ध्यान मात्रै यस्तो चिज हो जहाँबाट जीवनको उचाई प्राप्त हुन्छ र जितसँगै खुसीयाली पनि ।’
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले खेलकुदमा ध्यान अहिलेको परिप्रेक्ष्यमा महत्वपूर्ण हुने बताए । उनले यस प्रकारको कार्यक्रमले जीवनलाई सुन्दर बनाउन र विश्वमा शान्ति स्थापनाका लागि सघाउने बताए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, श्री चिनमोई ओननेस होम पिस रन नेपालकी संयोजक स्वेता प्रधान, मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया