५६ युनिट रगत संकलन

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको आयोजनामा खुला रक्तदान भएको छ । नयाँ वर्ष २०८० को सन्दर्भमा भएको रक्तदानमा ५६ युनिट रगत संकलन भएको छ ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्र भएको हो । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले पहिलो रक्तदाता गौरीशंकर साकोस अध्यक्ष रुद्रनाथ पौडेललाई ब्लडब्याग दिएर रक्तदान सुरुआत गरे । रुद्रनाथले आइतबार ३७ औं पटक रक्तदान गरेका हुन् ।
प्रवक्ता तिमिल्सिनाले सेवा केन्द्रले स्थापना कालदेखि नै महत्वपूर्ण काम गर्दै आएको बताए । कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु बास्तोला, रामप्रसाद अधिकारी र सल्लाहकार दानबहादुर थापा, सहसचिव शिवलाल पौडेल र उपाध्यक्ष देवीप्रसाद अधिकारीले बोलेका थिए ।
सो अवसरमा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनालाई स्वागत गरिएको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया