कांग्रेस पर्वतका क्षेत्रीय सचिवले पार्टी छोडे

समाधान संवाददाता २०८० वैशाख १९ गते १०:०७

पोखरा ।

Advertisement

नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले कांग्रेस परित्याग गरेका छन् । १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका रसाईलीले सोमबार विज्ञप्ती जारी गर्दै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

‘यो परिस्थितिमा मेरो विगत, वर्तमान र भविष्य समेतको समीक्षा एवं मूल्यांकन गर्दा यही क्रम र गतिले म कुनै पद र भूमिकामा रहिरहन औचित्य नरहेको निष्कर्षका साथ आजैको मितिबाट सचिवको जिम्मेवारी, पार्टीको क्रियाशील र साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएको अवगत गराउँदछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो दिनमा युवा पंक्तिमाझ विद्यमान चरम निशासा, पार्टीभित्रको गुटबन्दी तथा द्वन्द्वको रचनात्मक व्यवस्थापन र जनअपेक्षासहितका काम गरी आशा भरोसा दिलाउने सवालमा समेत जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेकोले आफूले कांंग्रेस परित्याग गरेको रसाइलीले बताए । केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशीसहित ३१ कांग्रेसले पार्टी परित्याग गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया