एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

अब नेपाली टिम भारत र पाकिस्तानसँग भिड्ने

समाधान संवाददाता २०८० वैशाख १९ गते १२:०९

पाेखरा ।

कुनै पनि क्रिकेट खेलाडी वा टिमकाे सपना हुन्छ– विश्वका क्रिकेटका महाशक्ति राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने । हाे त्यही सपना नेपाली क्रिकेटरले पुरा गरेका छन् ।

आगामी महिना हुने एशिया कपका लागि नेपाली क्रिकेट टोली छनौट भएकाे छ । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

Advertisement

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

Advertisement

११८ रनको समान्य लक्षय पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्सन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्सनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुबैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

तपाईको प्रतिक्रिया