तनहुँमा ट्रकको ठक्करबाट घाइते ३ जनाको मृत्यु, ५ काे उपचार जारी
समाधान संवाददाता
२०८० वैशाख २० गते १६:१८

तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ८ जनामध्ये उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ।
याम्पास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ट्रकले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए। चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बन्दीपुर गाउँपालिका वडा नम्बर १ का हुन्।
तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार गरिएको थियो। ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठक्कर खाएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, एसपी अबदेश विष्टले ३ जनाको मृत्यु भएको बताए।
तस्बिर डिपी अधिकारीको फेसबुक
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया