‘संविधानमा मात्र होइन नागरिकले पाउने मानव अधिकार व्यवहारमा उतारौं ’—अध्यक्ष लालचन

समाधान संवाददाता २०८० वैशाख २० गते २२:०४

जोमसोम—मानव अधिकार र सुशासनका कुरा संविधानमा मात्र होइन आम नागरिकले प्रत्याभुती गर्न पाउने भएकाले यसलाई व्यवहार उतार्न जरुरी रहेको मुस्ताङको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताएका छन् ।

Advertisement

नेपाल मानव अधिकार संगठन जिल्ला कार्यसमिति मुस्ताङले आयोजना गरेको एकदिने मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष लालचनले मानव अधिकार कार्यान्वयनका लागि सबै पक्ष जवाफदेही बन्नुपर्ने उल्लेख गरे ।


मुस्ताङको पर्यटकीय तथा ऐतिहाँसिक गाउँ मार्फाको समाजघरमा आयोजित मानव अधिकारी शिक्षा प्रशिक्षण कार्यक्रममा अध्यक्ष लालचनले मानव अधिकार कार्यान्वयनको सुरुवात आफैबाट गर्नुपर्ने तर्क गरे । मानव अधिकार सबै नागरिकका लागि समान भएको उल्लेख गर्दै अध्यक्ष लालचनले आफ्नो अधिकारको कुरा गर्दा अरुको मानव अधिकारको बिषयमा संवेदनशील रहनु पर्ने सुझाए ।


गाउँपालिका अध्यक्ष लालचनले मानव अधिकार नागरिकको जन्मसिद्ध अधिकार भएकाले नागरिकको मौलिक हक अधिकार, सोतन्त्रता र जीवन यापन गर्न पाउँने नैसर्गिक अधिकार भएको बताए । ‘राज्यले शिक्षा,स्वास्थ्य,धर्म सस्कृति,पूर्वाधार , नागरिक सोतन्त्रता लगायतका यावत बिषयमा संविधानले ग्यारेन्टी गरिएको र मानव अधिकारको रक्षा र सुशासनका पक्षमा हामीले जोड दिदै आईरहेका छौं,अध्यक्ष लालचनले भने,‘प्रशासनीक ,सामाजिक र सेवामूलक संस्था र निकायमा कहीकतै मानव अधिकार उलंघन भएको भएमा त्यसमा सहजीकरण गर्न हामी सदैव तयार छौं ।’


गाउँपालिका उपाध्यक्ष जमुना थकालीले मानव अधिकार जन्मसिद्ध अधिकार भएको उल्लेख गरिन् । उनले संविधानले उल्लेख गरिएका मानव अधिकारका कतिपय कुरामा आम जनता अनविज्ञ रहेकाले मानव अधिकार शिक्षा तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको औल्याईन् । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले बर्तमान संविधानले परिकल्पना गरेको शासन व्यवस्थाले नागरिकको मौलिक हक र थुप्रै अधिकार सुनिश्चित गरेको बताए । उनले कहीकतै मानव अधिकार हननको घटना भएमा कानुनी उपचारको व्यवस्था भएकाले त्यो तहसम्ँम पुग्न मानव अधिकार शिक्षा प्रभावकारी हुने जनाए ।

Advertisement


नेपाल मानव अधिकार संगठनले बर्सेनि २४ जिल्लाहरुमा मानव अधिकार शिक्षा प्रदान गर्दैआईरहेको संगठनका प्रशिक्षण विभाग प्रमुख प्रधाध्यापक डा. गोविन्द प्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा मानव अधिकार शिक्षा कार्यक्रमका प्रशिक्षक नरेन्द्र खनालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।


मानव अधिकार शिक्षा कार्यक्रममा स्थानीय बासिन्दा,विभिन्न मानव अधिकार संघसंगठन,सुरक्षा निकाय,जनप्रतिनिधि,कर्मचारी र पत्रकारहरु उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया