गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
समाधान संवाददाता
२०८० वैशाख २१ गते १६:४८

पोखरा ।
पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् ।
उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा नेकपा एमाले मत दिए । पाण्डेको विपक्षामा २२ मत पर्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे । मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
सम्बन्धित








संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया