उपधारा २ मै गोलचक्कर भयो: नेता अधिकारी

समाधान संवाददाता २०८० वैशाख २१ गते २०:३४

पोखरा ।

Advertisement

एमाले नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार गठन हुँदा संविधानको मर्म विपरीत भएको बताएका छन् ।
नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव सम्बन्धी छलफलमा बोल्दै अधिकारीले संविधानको मर्म विपरीत उपधारा दोहो¥याएर गोलचक्कर गरिएको बताए । यसअघि आफू नेतृत्वको सरकार गठन हुँदा संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार सरकार गठन भएकाले यो सरकार उपधारा ३ अनुसार हुनुपर्ने उनको भनाइ थियो ।


उनले संविधानको उपधारा ३ बाट सरकार गठन हुनुपर्नेमा २ मै गोलचक्कर गरेको आरोप लगाए । ‘संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने थियो । हामी आफ्नो पायक पर्ने धाराबाट सरकार बन्दा यसरी संविधानको संरक्षण हुँदैन । तपाईं र म संविधानको एक युगसँगै काम गरेको व्यक्ति हौं,’ उनले भने, ‘तपाईंले मन नपराईनपराई यसो गर्नुभएको भने प्रमुख प्रतिपक्ष तपाईंहरुलाई साथ दिन तयार छ । तर, संविधानको बाटो हिँड्नुपर्छ । सिंगो प्रतिपक्ष समर्थन दिन्छ ।’


अधिकारीले प्रदेश अधिकारका लागि नेपाल सरकार र संघसँग सिंगो प्रतिपक्षा भएको गण्डकी प्रदेश सरकार ढाल्ने र बनाउने खेलमा लागेको बताए । उनले भने, ‘यसरी प्रतिपक्ष हुन्छ र यसरी दुई महिना ३ महिनामा सरकार परिवर्तन हुँदै गयो भने प्रदेशको औचित्य माथि कति पटक प्रश्न उठ्छ ?’
संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा दलको गठबन्धनमा सरकार बन्ने व्यवस्था छ । उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । पूर्वमुख्यमन्त्री अधिकारीले उपधारा २ बमोजिम बनेको आफ्नो सरकारले विश्वासको मत नपाएको हुँदा उपधारा ३ बमोजिमको सरकार बन्नुपर्नेमा २ कै गोलचक्करमा सरकार बनेको बताएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया