प्रधानमन्त्रीले विश्वासको मत नलिने

काठमाडौं ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुनपर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले बताए । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने बैठकमा नेताहरुले जोड दिएको उनले बताए ।
बैठकमा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा पनि छलफल भएको एक नेताले बताए । जनतामा निराशा देखिएकाले कस्ता योजना समेट्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
यसैबीच, सत्ता गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयकका बारेमा कानुन व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको हो ।
संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिएनन् । सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गर्न मिल्छ कि मिल्दैन भन्ने कानुन व्यवसायीसँग सुझाव लिइएको लोसपाका अध्यक्ष महन्त ठाकुरले बताए ।
उनका अनुसार कानुन व्यवसायीहरूले उक्त विधेयक अहिलेकै अवस्थामा राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न मिल्ने सुझाव दिएका छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया