कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा न्यौपाने

समाधान संवाददाता २०८० वैशाख २४ गते ११:१०

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी नन्दप्रसाद न्यौपानेले पाएका छन् । मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रदेश सभामा निर्वाचित भएको लामो समयपछि मात्रै कांग्रेस संसदीय दलले प्रमुख सचेतक पाएको हो । न्यौपाने मुख्यमन्त्री पाण्डेकै जिल्ला गोरखाबाट निर्वाचित सांसद हुन् ।

Advertisement

सचेतक र अरु पदाधिकारीको टुंगो भने लागेको छैन । प्रमुख सचेतकलाई गाडी र आवास सुविधा हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया