मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकस

मनाङ ।
हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ ।
विद्यालयमा पुस्तक पुर्याउन पुस्तक पसलमार्फत टेनडरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ ।
विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् ।
पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरुको भनाइ छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सकस भएको छ ।
हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विक बताउँछन् । ‘मोटरेवल स्थल मार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ, तर अहिले यहाँ मौसम प्रतिकूल छ, खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ’, प्रधानाध्यापक विकले भने ।
प्लाष्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएकोजस्तो पनि देखिने गरेको उनी बताउँछन् । जिल्लामा नै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पु¥याउन अझ सकस हुने गरेको उनी सुनाउँछन् ।
मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ । पब्लिकेसनले पाठ्यपुस्तक समयमा नै पु¥याएको दावी गर्दै आए पनि मनाङमा नै १ महिना ढिला गरी पुस्तक आइपुगेको छ । चैत महिनादेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले एक महिना पाठ्यपुस्तक बिना नै अध्ययन गरिरहेका थिए ।
हाल जिल्लामा केही छिटफुटबाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । ‘कक्षा सञ्चालन भएको एक महिनापछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पूरा भने आइसकेको छैन’, उनले थपे ।
मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ । जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाशज्योति मावि छन् । लोकप्रिय र प्रकाशज्योति माविमा आवासीय पठनपाठनको व्यवस्थापन गरिएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया