शिक्षकलाई २ दिने तालिम

पोखरा ।
नेसन प्याब्सन कास्कीको आयोजनामा भएको शिक्षक प्रशिक्षण सकिएको छ । तालिममा एन प्याब्सनमा आवद्ध विद्यालयका करिब ६ सय ५० शिक्षक सहमागी थिए ।
कक्षा १ देखि १० सम्मका विषयगत शिक्षकलाई फरक फरक तालिम दिइएको हो । नयाँ पाठ्यक्रमका बारेमा सहजीकरणसँगै शिक्षण पद्धति र मूल्यांकन प्रणालीका बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
गणित, अंग्रेजी, विज्ञान, समाजिक र नेपाली विषयका शिक्षकलाई तालिम दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए । तालिममा प्राडा लक्ष्मण ज्ञावली, नारायण खतिवडा, नवराज पाठक, युवराज गौतम, एमएस साउद, प्राडा रमेश भट्टराइ, तारानाथ बराल, जयप्रकाश श्रीवास्तवले सहजीकरण गरेका थिए ।
एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष यामबहादुर खड्काले तालिमले शिक्षण पद्धतिमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
एनप्याब्सन गण्डकी अध्यक्ष रामबहादुर मोचीले हरेक विद्यार्थीमा फरक फरक क्षमता हुने भएकाले एउटै पद्धतिको सिकाइले विद्यार्थीमो क्षमता अभिवृद्धी गर्न नसकिने जनाए ।
एनप्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा रमेश भट्टराई, शिक्षक विष्णुहरि पौडेल र एन प्याव्सन कास्की सचिव मनकाजी गुरुङले बोलेका थिए ।
तपाईको प्रतिक्रिया