माछापुच्छ्रे गाउँपालिकामा वैदेशिक रोजगार सम्बन्धी पाश्र्वचित्र तयार गरिने

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकामा वैदेशिक रोजगार सम्बन्धी पाश्र्वचित्र तयार गरिने भएको छ । पालिका क्षेत्रबाट वैदेशिक रोजगारमा रहेका फर्किएका वा त्यसका कारणले समस्यामा परेका सम्बन्धीको विवरण लिने प्रयोजनका लागि गाउँपालिकाले प्रत्येक वडामा एक एक जना गणकहरु खटाएको छ ।
गणकहरुले हरेक घरमा पुगेर वैदेशिक रोजगार सँग सम्बन्धित रहेर उनीहरुको अवस्था, सीप तालिम लिए नलएिको, फर्किएकाहरुको सीप पूजी तथा उनीहरुले पालिका वा अन्य क्षेत्रबाट चाहेकोको सहयोगका क्षेत्रहरुका बारेमा जानकारी लिनेछन् । तथ्यांक संकलनको लागि खटिने गणकहरुलाइ २ दिने अभिमुखीकरण गरी कार्यक्षेत्रमा पठाएको हो ।
अभिमुखीकरण कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले वैदेशिक रोजगार हाम्रो बाध्यात्मक विकल्प रहेकोले यस क्षेत्रलाइ व्यवस्थापन गर्न पालिका लागिपरेको बताइन् । हाम्रो पालिकाको व्यक्तिहरु कहाँ के गर्दै हुनुहुन्छ ? केही समस्या पो छ की ?
तथा स्वदेशमा रहने परिवारमा देखिएका समस्याका बारेमा र प्राप्त रेमिट्यान्सको उपयोगका बारेमा पालिकाले विशेष कार्यक्रमहरु गरिरहेको जानकारी दिइन् । सम्बोधनकै क्रममा उनले प्राप्त तथ्यांकको प्रतिवेदनको आधारमा आवश्यकता अनुसारको नीति तथा कार्यक्रमहरु तय गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा आफ्नोे धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले तथ्यांक सही र यथार्थ ल्याउन निर्देशन दिइन् । तथ्यांक नै विवरण यथार्थ हुन नसक्दा हाम्रो लक्ष्य वा उदेश्य प्राप्त नहुने र नीति कार्यक्रमहरु लाइ पनि असर गर्ने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने बताए ।
गाउँगाउँमा तथ्यांक संकलनका क्रममा कुनै समस्या आइपरेमा वडा कार्यालय वा गाउँपालिका समाधान गर्न तत्पर रहेको जानकारी गराए । गणकहरुलाइ तालिम तथा अन्य प्रतिवेदन तयारीका लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमले सहयोग गरिरहेको छ । वैदेशिक रोजगारलाइ व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उदेश्यले जिल्लामा विगत देखि नै सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालित छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार कास्की जिल्लाका तीन वटा गाउँपालिका मादी, अन्नपूर्ण र माछापुच्छ्रेमा चालू आर्थिक वर्षमा यही किसिमको पाश्र्वचित्र तयार गर्न लागिएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पाश्र्वचित्र तयार गरिसक्ने उनले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया