लोकतन्त्रिक तमु संघमा कर्ण

समाधान संवाददाता २०८० वैशाख २५ गते ११:११

पोखरा ।
लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेश समितिको प्रथम प्रादेशिक अधिवेशन कास्कीको माछापुच्छ्रे १ घाचोकमा भएको छ ।

अधिवेशनले कर्ण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेका छ । अध्यक्ष गुरुङ माछापुच्छ्रे गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । संघको वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ (कास्की), उपाध्यक्ष टेकबहादुर गुरुङ (कास्की), मुख्य सचिव अर्जुन गुरुङ (लमजुङ), सचिव विष्णुमाया गुरुङ (स्याङ्जा), सहसचिव पूजन गुरुङ ( तनहुँ) र कोषाध्यक्ष नेमबहादुर गुरुङ (स्याङ्जा) छन् ।

प्रदेश समितिको सदस्यमा कास्कीका मिठु गुरुङ, सिमा गुरुङ, गंगादेवी गुरुङ, जगतबहादुर गुरुङ निर्वाचित भएका छन् ।

Advertisement

कार्यसमितिको सदस्यमा दर्शन घले (पर्वत) उत्तमबहादुर गुरुङ (गोरखा), गोविन्दकुमारी गुरुङ (लमजुङ), देवेन्द्रजंग गुरुङ (तनहुँ), मञ्जु गुरुङ ( मुस्ताङ ), मीनबहादुर गुरुङ (तनहुँ) र दुर्गाबहादुर गुरुङ (लमजुङ) छन् ।

नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको अधिवेशनमा पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका स्थायी समितिका सदस्य तथा पूर्व मन्त्री किरण गुरुङ, पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङ, लोकतान्त्रिक तमु संघका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री वेदबहादुर गुरुङ, केन्द्रीय महासचिव हुमबहादुर गुरुङ लगायतले आदिवासी जनजातिका सवालमा बोलेका थिए ।

Advertisement

लोकतान्त्रिक तमु संघ नेकपा (एमाले)को जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको घटक संगठन हो ।

तपाईको प्रतिक्रिया