बेगनासतालमा परराष्ट्र मन्त्रालयका कर्मचारी मृत फेला
समाधान संवाददाता
२०८० वैशाख २५ गते १२:५८

पोखरा ।
पोखरा बेगनासतालमा एक जना मृत भेटिएका छन् । परराष्ट्र मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी मृत भेटिएका हुन् । साेमबार बिहान ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पाेष्टमार्टमकाे लागी पश्चिमाञ्चल अस्पतालमा लगिएकाे उनले बताए । उनको मृत्यु कसरी भएको भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया