घनश्यामलाई विन्ध्यवासिनी म्युजिक अवार्ड

पोखरा ।
पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा आयोजितसांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्डबाट पुरस्कृत गरिएको हो ।
रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको शून्य भयो डाँडैको चौर सर्वोत्कृष्ट भएको हो ।
जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज छ ।
खासगरी नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतलाई रुचाइएको छ । प्रेमिल भावका गीतसँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् । घर शून्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत हुन् ।
यस बाहेक अमिलो रसैले, सरसर, तिम्रो पछ्यौरी(रत्यौली), ओइ माया, ढल्के बरको छायाँले, बम्बैको साडी, हुन हुनी थियो र मलाई, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता उनका गीत र्चामा छन् ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया