विन्दाबासिनी कंसाकार बनिन् सांसद

समाधान संवाददाता २०८० वैशाख २५ गते १७:०१

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विन्दाबासिनी कंसाकार सांसद बनेकी छन् । निर्वाचन आयोगले सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएपछि रास्वपाले उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।

Advertisement

कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको थियो ।

निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेको बताइएको छ । आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया