दुई किलाे गाँजासहित पाेखराका बसन्त पक्राउ
समाधान संवाददाता
२०८० वैशाख २६ गते १२:४२

पोखरा ।
पोखरामा दुई किलाे गाँजासहित बसन्त सुवेदी पक्राउ परेका छन् । सुवेदीलाई पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले गत १९ गते प्रकाउ गरेको हो ।
पोखरा २४ का २५ वर्षीय सुवेदीलाई सवारी चेकजाँचको क्रममा २ केजी ७ सय ८२ ग्राम गाँजा र एक थान मोबाइलसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्र्तगत पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा सुवेदी गाँजासहित प्रकाउ परेका हुन् ।
प्रकाउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया