खेपना प्रतिष्ठानमा कर्ण

समाधान संवाददाता २०८० वैशाख २६ गते १३:२७

पोखरा ।
कास्कीको सिक्लेसबाट पोखरा १६ अर्मला डाँडामा आएको घोताने परिवारको सामाजिक संस्था खेपना प्रतिष्ठानको तेस्रो अधिवेशनले कर्णबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष तेजबहादुर गुरुङ (अपरदीप) र दुर्गबहादुर गुरुङ, महासचिव यमनकाजी गुरुङ, सचिव कविता गुरुङ र ईश्वर गुरुङ, कोषाध्यक्ष कर्णबहादुर गुरुङ र सहकोषाध्यक्ष पुष्पराज गुरुङ छन् ।

कार्यसमितिको सदस्यमा सशस्त्र प्रहरी वलका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) खोजबहादुर गुरुङ, विराज गुरुङ, रामकाजी गुरुङ, रुद्रबहादुर गुरुङ, गंगा गुरुङ, बेनी गुरुङ, सन्तोष गुरुङ, यमबहादुर गुरुङ, पुष्प गुरुङ, ध्रुव गुरुङ, हेमबहादुर गुरुङ, हुमबहादुर गुरुङ र पदमसिंह गुरुङ छन् । समाजसेवी दिलबहादुर गुरुङ, फत्तेबहादुर गुरुङ र तेजबहादुर गुरुङसहितको निर्वाचन मण्डलले अधिवेशन गराएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिष्ठान सामाजिक क्षेत्रको विकासमा सक्रिय रहेको बताए । मेयर आचार्यले अर्मलाको वृहत्तर विकासका लागि १७ लाख बराबरको योजना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव तेजबहादुर गुरुङले कास्कीका सिक्लेसबाट अर्मला डाँडामा आएको घोताने परिवारको १४ पुस्ता पुरा भइसकेको जानकारी दिए ।

Advertisement

सो परिवारको पुर्खा खेपनाको स्मरणमा खेपना प्रतिष्ठान गठन गरेको जानकारी दिँदै उनले अर्मला गाउँको पर्यटकीय, धार्मिक र ऐतिहासिक पक्षका बारेमा प्रकाश पारे । उनले प्रतिष्ठानको तर्फबाट होम स्टे, खानेपानी तथा पूर्वाधार विकासका काम गरेको उल्लेख गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व डिआइजी गुरुङ, काहुँ घोताने परिवारका अध्यक्ष इन्द्रबहादुर गुरुङ, प्रतिष्ठानका महासचिव दिलबहादुर गुरुङ, सचिव तेजबहादुर गुरुङ (अर्मला) दुर्गबहादुर गुरुङ, देवी गुरुङ, यमनकाजी गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया