अन्नपूर्ण हिमालमा ३६ सय केजी फोहोर संकलन

सुन्दरकुमार थकाली २०८० वैशाख २६ गते १७:४४

जोमसोम ।
समुन्द्री सतहदेखि ४१९० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण हिमालमा संकलित फोहोर मंगलबार काठमान्डौं ढुवानी गरिएको छ । पिक प्रमोसन ट्राभल एजेन्सी कम्पनीको ‘सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेना र पिक प्रमोसन ट्रेकिङ कम्पनीको संयुक्त टोलीले मार्च २२ तारिखदेखि ४८ दिनसम्म बसेर अन्नपूर्ण हिमालमा ३६ सय केजी फोहोर संकलन गरेको बताइएको छ ।

Advertisement

झन्डै डेढ महिना खर्र्चिएर नेपाली सेनाका जवान १० जना र पिक प्रमोसनको टोली १३ जना गरी २३ जनाले अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको पिक प्रमोसनका प्रतिनिधि दानबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार म्याग्दीको बेनी र जोमसोमबाट नेपाली नेपाली सेनाको टोली सफा हिमाल अभियान २०२३ मा जोडिएका थिए । सेना र पिक प्रमोसनको संयुक्त टोलीले कुहिने फोहोर १२ सय केजी र नकुहिने फोहोर २४ सय केजी फोहोर संकलन गरेको हो ।

सफा हिमाल कार्यक्रम अन्र्तगत अन्नपूर्ण हिमालमा संकलन गरिएको फोहोर मंगलबार बिहान प्रभु एअरको हेली मार्फत ढुवानी गरिएको छ । हिमालमा जम्मा गरिएको कुहिने फोहोर हेलीमा ढुवानी गरी अन्नपूर्ण हिमालको बेस क्याम्पदेखि तल भुस्केट खर्कमा अन्नपूर्ण युवाक्लवको रोहबरमा खाल्डो खनि पुरिएको उनले बताए । सो स्थान बेस क्याम्पबाट पैदल एकदिन लाग्छ ।

यसैगरी अन्नपूर्ण हिमालमा जम्मा गरिएको प्लास्टिक, टिन, फलाम र सिसाजन्य २४ सय केजी फोहोर सिधै काठमान्डौं स्थित नेपाली सेनाको हेडक्वाटरमा लगिएको पिक प्रमोसनका प्रतिनिधि रानामगरले उल्लेख गरे ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षण तथा सौन्दर्यकरणका निम्ति हिमाल स्वच्छ र सफा राख्न पिक प्रमोसनले योगदान गर्दैआईरहेको छ । जलवायु परिवर्तन,विश्व वातावरणमा परेको प्रतिकुल असर सम्वन्धमा सचेतना फैलाउन र हिमालहरुको सौन्दर्यलाई अक्षुण राख्दै पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउन विगत ३ वर्षदेदिखि पिक प्रमोसन ट्रेकिङ कम्पनीले फोहोर संकलन गर्ने अभियानमा जुटेको पिक प्रमोसनका प्रतिनिधि रानामगरको भनाई छ ।

Advertisement

यो कम्पनीले धौलागिरी,कञ्जनजंघा,ल्होत्से एभरेस्ट लगायतका फोहोर संकलन गरिसकेको उनले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया