तिमिल्सिनाको संयोजकत्वमा पोखरा अप्रवासी सञ्जाल

समाधान संवाददाता २०८० वैशाख २६ गते १९:०७

कास्की ।
वैदेशिक रोजगारीमा गएर फर्किएका पोखरा महानगरपालिकाका बासिन्दा संगठित भएका छन् । खेम तिमिल्सिनाको संयोजकत्वमा १३ जना सदस्यीय भएको महानगरपालिका स्तरीय अप्रवासी सञ्जाल गठन भएको छ ।


सञ्जालको अध्यक्षमा खेम तिमिल्सिना, उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिव निर्मला क्षेत्री, सहसचिव टोपबहादुर भुजेल, कोषाध्यक्ष महेन्द्रकुमार गुरूङ, सदस्यहरू, मदन पुन, कृष्णप्रसाद देवकोटा, रजनी परियार, गोविन्द थापा, गठेश आचार्य, शुक्रराज पौडेल, देवी सुनार र कन्याकुमारी थापा सर्वसम्मत चयन भएका थिए ।


समितिका अध्यक्ष तथा सदस्यहरुलाई सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखराका अध्यक्ष आनन्दकुमार पाराजुली, कार्यसमिति सदस्य नीलकण्ठ कोइराला र कार्यक्रम संयोजक कुम गुरूङ लगायतले खादा र अबिरले बधाई ज्ञापन गरे ।

Advertisement


नेस्टका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा बोल्दै नगरप्रमुख आचार्यले वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा सबैको चासो र पहलको आवश्यकता औंल्याए ।

संस्थाका अध्यक्ष पराजुलीले कार्यक्रममा बोल्दै वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा उपलब्धीमूलक बनाउनुपर्ने खाँचो औंल्याए ।

Advertisement


वैदेशिक रोजगारमा हुने ठगी, श्रम शोषण, महिला हिंसा, वैदेशिक रोजगारका नाममा हुने बेचबिखन न्यूनीकरण गर्नुपर्ने उनको विचार छ ।

सञ्जालको नियमित बैठक तथा महत्वपूर्ण गतिविधिहरू सञ्चालनका लागि नेस्टले आवश्यक सहजीकरणका गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा बोल्दै सामी कार्यक्रम गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले वैदेशिक रोजगारीमा जानुपूर्वका तयारी, ठगीका सम्भावना, वैदेशिक रोजगारीमा हुन सक्ने सम्भावित जोखिम, मनोसामाजिक परामर्शका विषयमा स्पष्ट पारेकी थिइन् ।


यस्तै सञ्जाल यसअघि मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिकामा गठन भइसकेको र यसैगरी निकट भविष्यमा जिल्ला स्तरीय आप्रवासी सञ्जाल गठन गरिने कास्की कार्यक्रम संयोजक कुम गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया