ए साथी सुनको ट्रेलर

पोखरा ।
चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
२ मिनेट २५ सेकेन्डको ट्रेलर साइराम पिच्चर्सको अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ । सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलाई फिचर गरिएको छ ।
यो लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्र भएको निर्देशक राम राघव आचार्यले जानकारी गराए । ‘ए साथी सुन फरक धारको चलचित्र हो । नेपाली दर्शकको साथ राम्रो मिल्नेमा आशावादी छु’, उनले भने ।
चलचित्रमा कृष्मा खड्का र इभान सञ्जेल पनि बाल कलाकारको भूमिकामा देखिएका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र हो । बीना कार्की र सन्तोषकुमार राईले मिलेर चलचित्र निर्माण गरेका हुन् ।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह–निर्मातामा ट्याम कट्टेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । यसअघि चलचित्रको शीर्ष गीत ए साथी सुन र स्याड भर्जनको लिरिकल गीत मनले भन्छ सार्वजनिक भइसकेका छन् ।
तपाईको प्रतिक्रिया