संघमा १५ र प्रदेशमा ७ वटा मन्त्रालय मात्रै राख्न पृथ्वीसुब्बा गुरुङको प्रस्ताव
समाधान संवाददाता
२०८० वैशाख २७ गते १३:५४

काठमाडौं ।
एमाले उपमहासचिवसमेत रहेका सांसद पृथ्वीसुब्बा गुरुङले फजुल खर्च घटाउने कार्यक्रम ल्याउन माग गरेका छन् । प्रतिनिधिसभामा बोल्दै सांसद् गुरुङले फजुल खर्च घटाउन सरकारले योजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘फजुल खर्च घटाउन प्रदेशमा ७ र संघमा १५ वटा मन्त्रालय राखौं । जिल्ला समन्वय समिति खारेज गरौं,’ गुरुङले भने ।
संकटमा गएको अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च वृद्धि गर्नु अहिलेको आवश्यक रहेको बताए । भ्रष्टाचार नियन्त्रण र पुँजीगत खर्चको अभिवृद्धि गर्नुपर्ने बताए । अहिले पनि पालीका तहमा स्वास्थ्य पूर्वाधार व्यवस्थित हुन नसकेको उनको भनाइ छ।
संघीयताको सवलीकरण गर्न संघीय प्रहरी सेवा ऐन र निजामती सेवा ऐन जारी गर्नुपर्ने गुरुङले बताए।
सम्बन्धित









गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
चन्द्रावतीको ‘कहरको त्यो समय’ लोकार्पण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया