कागवेनीमा नेतृत्व विकास तालिम

पोखरा ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनीमा महिलाका लागि ५ दिने उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम भएको छ । तालिम गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्घारा आयोजना गरिएको हो ।
कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष दिकी गुरुङले महिलाको नेतृत्व विकासका लागि तालिम निकै प्रभावकारी भएको बताइन् । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने उनको भनाइ छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनार्दन आचार्यले तालिमपछि महिलाको बोल्ने, भाषण गर्ने कलामा विकास भई आत्मविश्वास बढेकोमा खुसी व्यक्त गरे ।
वडा नं ४ का अध्यक्ष कर्मध्यचो गुरुङले यस्ता तालिमले महिलामा क्षमता विकास गरी समाजमा नेतृत्वदायी भूमिका खेल्न सहयोग पुग्ने बताए ।
सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेको तालिममा वडा नं ४ का कागवेनी, तिरी र पाक्लिङ गाउँका ३० जनाको सहभागिता थियो । कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख ललिता पौडेलको अध्यक्षतामा भएको हो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया