गण्डकी योजना आयोग उपाध्यक्ष देवकोटाले लिए सपथ
समाधान संवाददाता
२०८० वैशाख २७ गते १६:४०

पोखरा ।
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डाक्टर कृष्ण देवकोटाले सपथ लिएका छन् । बुधबार मुख्यमन्त्री पाण्डेले देवकोटालाई सथप खुवाएका हुन् ।
देवकोटालाई सरकारले आइतबार आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य नियुक्त हुन बाँकी छ । गोरखा पालुङटार ३ घर भएका देवकोटाले कोरियाबाट विद्यावारिधि गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया