सांसद शेरचनले त्यागे मुस्ताङ कांग्रेस सचिव पद
समाधान संवाददाता
२०८० वैशाख २७ गते २१:३८

पोखरा ।
गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचित भएपीछ राजनिामा दिएका शेरचनको मंगलबार स्वीकृत भएको हो ।
कांग्रेस मुस्ताङमा सचिव छेवाङ नोर्बू गुरुङले विज्ञप्ति जारी गर्दै शेरचनको राजीनामा स्वीकृत भएको जनाएका हुन् । सांसद शेरचनले नैतिकता र स्वार्थ बाझिने अवस्थाबाट मुक्त रहन सचिव पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए ।
उनले स्वार्थ नबाझिऊन् भन्दै कृषक समूह र हिमाली नामको गैसस, आदिवासी जनजाति युवा महासंघको संघीय परिषद सदस्य, थकाली युवा परिवार नेपालको केन्द्रीय सचिव पदबाट पनि मंसिर महिनामै राजीनामा दिइसकेका छन् ।
उनी मुस्ताङ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया