अन्तर विद्यालय व्याडमिन्टन सुरु

समाधान संवाददाता २०८० वैशाख २८ गते १२:२८

पोखरा ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोतिगता पोखरा रंशगालास्थित ब्याडमिन्टन हलमा बुधबारदेखि सुरु भएको छ ।

मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनको मुख्य प्रायेजनमा विद्यालस्तरीयसँगै पोखरा महानगर वडास्तरीय खुला ब्याडमिन्टन प्रतियोगितालाई समेत समावेश गरिएको महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । प्रतियोगितामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

‘सबै उमेर समूहका लागि खेलकुद’ भन्ने नाराका साथ भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङले उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ९ इभेन्टमा प्रतिस्पर्धा गराइने मोहन भूगोल व्याडमिन्टन फाउन्डेसनका अध्यक्ष भूगोल गुरुङले बताए ।

Advertisement

राष्ट्रिय विद्यालयस्तरीय आधारभूत तहको छात्र छात्रा इभेन्ट कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको खेलाडीलाई समावेश गराइएको छ । माध्यमिक तहको राष्ट्रियस्तरको छात्र तथा छात्रा इभेन्टमा विद्यार्थीको उमेर हद १७ वर्ष कायम गरिएको अध्यक्ष गुरुङले बताए

महिला डबल्स, ३५ वर्षमाथिको उमेर समूहको समेत राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइको छ । ४५ वर्षमाथिको र ५५ वर्षमाथिको खुला राष्ट्रिय प्रतियोगितालाई समेत इभेन्टको रुपमा समेटिएको छ । आगामी वैशाख ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहको भने डबल्स इभेन्टमा मात्रै प्रतिस्पर्धा हुने फाउन्डेसनले जनाएको छ ।

Advertisement

प्रतियोगिताको उत्कृष्ट खेलाडीले माउन्टेन बाइक प्राप्त गर्ने छन् । त्यस्तै ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहको डबल्स इभेन्टको विजेताले पनि क्रमश ३०, २० र १० हजार नगद प्राप्त गर्ने छन् । आधारभूत तहको विजेता विद्यार्थीलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । माध्यमिक तहको छात्र तथा छात्रा विजेताले नगद ३०, २० र १० हजार नगद प्राप्त गर्ने फाउन्डेसनका अध्यक्ष गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया