ढोङटी बाजा प्रशिक्षण

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले थकाली जातिलाई लक्षित गरेर मुस्ताङमा ढोङटी बाजा बजाउने तालिम सञ्चालन गरेको छ । घरपझोङ गाउँपालिका वडा नम्बर ५ ठिनीमा रहेको जनमुक्ति युवा क्लबको सहकार्यमा भएको एक हप्ते प्रशिक्षणमा ठिनी, स्याङ, चिबाङ गाउँका २७ प्रशिक्षार्थीका सहभागी थिए ।
प्रतिष्ठानका सदस्य सुरेन्द्र गुरुङले प्रशिक्षणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व संगीत विभागका प्रमुख अशोक राई र छेवाङ लामाले सहजीकरण गरेको जानकारी दिए ।
संविधान सभाका सदस्य श्रीमाया थकालीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रतिष्ठानले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षणका लागि उल्लेखनीय काम गरेको बताइन् ।
समारोहमा जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकाली, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकाली, वडा नम्बर ३का अध्यक्ष फलेन्द्र थकाली, वडा नम्बर ५ का अध्यक्ष प्रदीप थकाली नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली, जनमुक्ति युवा क्लब ठिनीका अध्यक्ष सञ्जय थकाली, उपाध्यक्ष निरज थकाली लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया