खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही

काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको स्थानमा नजाने र काजफिर्ता गरे पनि जबरजस्ती साविकका कार्यालयमै बस्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । आफूले गरेको निर्णय र दिएको निर्देशन पटक पटक नटेरेपछि मन्त्रालयले कारवाहीको तयारी गरेको हो ।
खरिदारदेखि सहसचिवसम्मका कर्मचारी खटाएको स्थानमा नजाने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
खटाएको स्थानमा नजानेमात्र होइन, रमाना नदिने कार्यालय प्रमुख तथा लेखा प्रमुखमाथि समेत कारबाही हुनेछ । संघीय मामिला मन्त्री अमनलाल मोदीले मन्त्री भएको २४ दिनमा गत माघ २७ गते स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई निमित्त नदिने, ऐनविपरीत भएका सरुवा रद्द गरिने र स्थानीय तहमा जान अटेर गर्ने कर्मचारीलाई अनिवार्य पठाउने पाँच बुँदे परिपत्र जारी गरेका थिए । सिंहदरबारमा भएका कर्मचारीको विवरण थाहा पाउन उनले गत फागुन ३० गते सबै मन्त्रालय, आयोग, समिति र निकायलाई पत्राचार गर्ने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
संघीय मन्त्रालयले विगतमा गरेको पत्राचारको जवाफ नदिने र वर्षौंदेखि सिंहदरबारमा बस्दै आएका कर्मचारीले मन्त्रीस्तरीय निर्णयलाई पनि अटेर गरेका छन् । परिपत्रअनुसार रमाना भएर पनि जान नमान्ने कर्मचारीलाई सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख तथा लेखा प्रमुखबाट असूलउपर गर्न परिपत्रमा भनिएको छ ।
देशका स्थानीय तहका १ सय ३१ स्थानमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । दुर्गमका स्थानीय तहमा कर्मचारी निकै कम छन् । अब सरुवा भएका कर्मचारीले ७ दिनभित्र रमाना लिइसक्नुपर्नेछ । निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम सम्बन्धित कर्मचारीलाई रमाना दिएर त्यसको जानकारी ७ दिनुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्ता कर्मचारीलाई विभागीय कारबाही गरिने जानकारी संघीय मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सम्बन्धित कर्मचारीमात्र नभई कार्यालय प्रमुखलाईसमेत विभागीय कारबाही हुने पत्रमा उल्लेख छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया