सहिद तुलराजको सम्झना

पोखरा ।
तुलराज स्मृति प्रतिष्ठानले बिहीबार सहिद तुलराज आचार्यको ३१ औं स्मृति दिवस मनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ को भगवती चौतारामा भएको कार्यक्रममा नेकपा (एमाले)का पूर्व स्थायी समिति सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ले सहिद तुलराजको पार्टी तथा विद्यार्थी राजनीतिमा योगदान रहेको बताए ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटीका सचिवालय सदस्यहरु युवराज पौडेल र केशव आचार्य, जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने, तुलराज स्मृति प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद आचार्य, उपाध्यक्ष टंकराज आचार्य र सचिव तिलक लामिछानेले सहिदको योगदानको चर्चा गरेका थिए ।
एमाले वडा कमिटी पोखरा ३३ अध्यक्ष दीपक लामिछानेले स्थानीय तहको निर्वाचनको सन्दर्भमा मतदाता नामावलीमा उमेर नपुगेको व्यक्तिलाई रोक्न खोजेको अभियोगमा २०४९ वैशाख २८ गते सरस्वती टीका माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट तुलराज आचार्यको मृत्यु भएको जानकारी दिए ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया