गण्डकीमा आज ४ बजे नयाँ मन्त्रीहरुको सपथ
समाधान संवाददाता
२०८० वैशाख २९ गते १४:०९

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार थप मन्त्री नियुक्त गरेका छन् । उनले ७ सदस्यीय मन्त्रिपरिषदमा ४ मन्त्री थपेका हुन् ।
१४ वैशाखमा मुख्यमन्त्री नियुक्त पाण्डेले शुक्रबार ४ जना थप मन्त्री नियुक्त गरी शुक्रबार ४ बजे सपथ गराउन लागेको स्रोतले जनाएको छ ।
पाण्डेले वैशाख १५ गते सपथ लिँदाको दिन कांग्रेसकी सरस्वती अर्याल र माओवादीकी सुशील सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । माओवादीले पाउने थप मन्त्रीमा म्याग्दीका रेशम जुग्जालीलाई पठाउने निर्णय यसअघि नै माओवादीले गरिसकेको छ ।
कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा र नवलपुरका महेन्द्रध्वज जिसी मन्त्री बन्ने सम्भावना छ । नेकपा एसका राजीव गुरुङ “दीपक मनाङे” पनि मन्त्री बन्ने चर्चा रहे पनि त्यसको पुष्टि भएको छैन ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया