गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ

समाधान संवाददाता २०८० वैशाख २९ गते १६:३९

पोखरा ।
गण्डकीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।    उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । याे सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएकाे हाे ।

Advertisement

यस्ताे छ मन्त्रालय बाडफाड

जीतप्रकाश आले – अर्थ मन्त्रालय
महेन्द्रध्वज जिसी-कृषि मन्त्रालय
दीपेन्द्र थापा -उधोग, पर्यटन मन्त्री
सरस्वति आर्याल तिवारी- उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय
रेशमबहादुर जुग्जाली- भाैतिक मन्त्रालय
सुशीला सिम्खडा – सामाजिक विका तथा स्वास्थ मन्त्रालय

Advertisement

तपाईको प्रतिक्रिया