मालेपाटन खेल मैदानमा गोर्खा भूपूले बनाए बास्केटबल कोर्ट

समाधान संवाददाता २०८० वैशाख ३० गते २०:१२

पोखरा ।

भूतपूर्व गोर्खा सैनिक परोपकार समितिले पोखरा ५ बाराही खेल मैदानमा बास्केटबल कोर्ट निर्माण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले शनिबार उक्त कोर्टको उद्घाटन गरे ।

भारतीय गोर्खा भूतपूर्व सैनिकहरुको उक्त संस्था गोर्खा परोपकार समितिले कोर्ट निर्माणका लागि भूतपूर्व गोर्खा सैनिकहरुबाट रकम संकलन गरेको थियो । फाइबर बोर्डसहितको बास्केटबल कोर्ट निर्माणका लागि खाल्डोपरेको जमिन पुर्नुपरेको थियो । परोपकार समिति र महानगरपालिकासमेतले कोर्ट निर्माणमा लगानी गरेका हुन् ।

Advertisement

गोर्खा भूतपूर्व सैनिकमात्रै नभई सम्पूर्ण खेलप्रेमीले बास्केटबल खेल्न पाउन् भन्ने उद्देश्यसहित उक्त कोर्ट निर्माण गरिएको भूतपूर्व गोर्खा सैनिक परोपकार समितिका अध्यक्ष असुमे हीराबहादुर क्षेत्रीले जानकारी दिए । बास्केटबल कोर्ट निर्माण गर्न सुमेअक्या कुलबहादुर क्षेत्रीको संयोजकत्वको समिति बनाइएको थियो ।

बास्केटबल कोर्ट उद्घाटन समारोहमा वडाध्यक्ष बरालले खेलप्रेमीहरुका लागि र स्वस्थ नागरिकहरुका लागि वडाले सधैं साथ दिँदै आएको बताए । कार्यक्रममा पूर्ववडाध्यक्ष धनबहादुर नेपाली, समितिका निवर्तमान अध्यक्ष सुमेअक्या रुद्र गौतम, बाराही उच्चमाविका प्राध्यानाध्यापक शिवप्रसाद अधिकारी र भूतपूर्व गोर्खा सैनिक परोपकार महिला उपसमितिकी सचिव मीना मल्ल लगायतले पनि बोलेका थिए । कार्यक्रम सञ्चालन हवल्दार सूर्यबहादुर थापाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया