५८ युनिट रगत संकलन

समाधान संवाददाता २०८० वैशाख ३१ गते ११:३३

पोखरा ।
पोखरा –२ मा रहेको श्री अनन्ता सामुदायिक सेवा समितिले नयाँ वर्षको शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार सेवा गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोग भएको रक्तदानमा ५८ युनिट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले रक्तदानको भूमिका र महत्वमाथि प्रकास पारेका थिए ।

संस्थाका अध्यक्ष कमला पराजुली, संस्थापक अध्यक्ष शुसिला पराजुली, पूर्व अध्यक्ष शारदाकुमारी पराजुली, पूर्व अध्यक्ष पार्वती रेग्मी, वडा नम्बर २ का वडा सदस्य गोमा सुवेदी उपाध्यक्ष सरिता सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रम संयोजन संस्थाका पूर्व अध्यक्ष शर्मिला रेग्मीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव श्री हिमादेवी रेग्मीले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया