नीरफूलः भत्किएका सम्बन्धको कथा

काठमाडौं ।
आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो ।
दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन् । युट्युबमार्फत शानिबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडाैँ ल्याइएकी छोरीको खोजीमा निस्कने दम्पतीको संघर्ष देखिन्छ ।
पटकथा लेखकसमेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनहरूलाई फिल्म ‘नीरफूल’ मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरूको पुनर्निर्माण अझै बाँकी छ’, उनले भने, ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरूको सानो कथा हो ।’
अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरू फिल्मको व्यस्तताका बीच पनि ‘नीरफूल’लाई समय निकालेर रुबी भ्याली पुगेको बताए । ’अन्य फिल्ममा भन्दा निकै फरक भूमिका यो फिल्ममा गरेको छु’, उनले भने ।
नेपालका फिल्ममा समाज आएन, कन्टेन्ट आएन भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेका बेला ‘नीरफूल’ले त्यो अभाव पूर्ति गर्ने उनको दाबी छ । धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेँसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका छन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ ।
नेपाल–म्यानमार फ्रेन्ड्सिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय रहेको छ ।
सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया