खाद्य वैज्ञानिक तथा प्राविधिक संघ पोखरामा सापकाेटा

समाधान संवाददाता २०८० वैशाख ३१ गते १७:०४

पोखरा ।
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (NEFOSTA) को आयोजनामा शनिबार खाद्य वैज्ञानिक, संघीय तथा स्थानीय निकाय, निजि क्षेत्र र सरोकारवालाहरु बीच अन्तरक्रीया भएको छ ।

संघका अध्यक्ष डा अतुल उपाध्यायले स्थानीय तहमा खाद्य स्वच्छता प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका शिवजी बरालले खाद्य स्वच्छताको लागि स्थानीय सरकारको महत्वको बारेमा प्रकास पारे ।

कास्कीका प्रमुख जिल्ला अधिकारि टेकबहादुर केसीले खाद्य स्वच्छता सम्बन्धि जनचेतना तथा जागरण स्थानीय निकाय समक्ष पुर्याउन आवश्यक रहेको बताए साथै प्रशासन कार्यालयले सहयोग गर्ने प्रतिवद्ध गरे ।

Advertisement

उद्योग वाणिज्य संघ, लेखनाथका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले वर्तमान ऐन, नियम र खाद्य स्वच्छताको अवस्थाबारेमा जानकारी दिए । ऐन, नियम तथा मानव संसाधनलाई परिमार्जन तथा दक्षता विकास गर्नेमा उनले जोड दिए ।

कर्मचार्य ग्रुपका प्रवन्धक विक्रम कर्मचार्यले स्थानीय उत्पादनलाइ बजारीकरण र अन्तर्राष्ट्रीयकरण गर्न स्थानीय तहको भुमिका महत्वपुर्ण रहेको बताए । खाद्य स्वच्छता तथा पोषणसँग सम्बन्धित कार्यमा संघसँग सहकार्य गर्न सधैं तयार रहेको उनले उल्लेख गरे ।

Advertisement

पोखरा विज्ञान तथा प्रविधि क्यामपस प्रमुख हरिप्रसाद खनालले संघका केन्द्रिय उपाध्यक्ष होमनाथ न्यौपाने, केन्द्रिय सचिव प्रविन ओझा र नार्कका वरिस्ट वैज्ञानिक डा रोमन कार्कीले पनि बोलेका थिए ।

साेही दिन संघकाे साधारणसभा पनि भएको छ । सभाले प्रविण सापकोटाको अध्यक्षतामा सात सदस्यीय पोखरा च्याप्टरको नयाँ कार्यसमिति गठन गरेको छ । सचिवमा महेश बराल, कोषाध्यक्षमा पूर्णकला थापा र सदस्यमा दीपक कुँवर, नरेन्द्र डंगोल, प्रतिक्षा पोख्रेल र घनश्याम भट्टराई मनोनित भएका छन् ।

तपाईको प्रतिक्रिया