भण्डारीलाई सुप्रेम शारदा पुरस्कार

पोखरा ।
सुप्रेम शारदा पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले सञ्चालन गरेको सो पुरस्कार पहिलोपटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।
पुरस्कार राशि ५१ हजार नगद र सम्मानपत्र छ । नेपाल पत्रकार महासघं कास्की पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको युनियनका कार्यवहाक अध्यक्ष रविना आलेले जानकारी दिइन् ।
२ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारी यसअघि जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छन् । उद्योगपति सूर्यबहादुर केसीले विसं २०७६ मा प्रेस युनियनले सञ्चालन गर्ने गरी आफ्नी बहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए ।
नेपाल प्रेस युनियन कास्कीको १० औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अतिथ्यतामा हुने समारोहमा पुरस्कार वितरण गरिनेछ ।
सोही कार्यक्रममा युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, रमेश पौडेललाई प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ र २०७८ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने भएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया