चितवन पोखरा सम्पर्क समाजको पात्रो

समाधान संवाददाता २०८० जेठ १ गते १३:०७

पोखरा ।
चितवन पोखरा सम्पर्क समाजले २०८० को भित्तेपात्रो प्रकाशन गरेको छ । शनिबार भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहप्राडा नगेन्द्र भण्डारीले भित्तेपात्रो सार्वजनिक गरे ।

भण्डारीले समाजले गरेको कार्य प्रशंसनीय भएको र आगामी दिनमा पनि समाजसँग सहकार्य गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष निर्मल सापकोटा, निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, समाजका सदस्यद्वय सविता दवाडी, चूडामणि पौडेल, सचिव तारा सापकोटा र उपाध्यक्ष दिलीप पनेरुले पनि बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया