कृष्णटोल आमा समूहमा रुपा

पोखरा ।
पोखरा ९ बसपार्कमा रहेको कृष्णटोल आमा समूहको आठौं साधारण सभा तेस्रो अधिवेशनले अध्यक्षमा रुपा केसीलाई निरन्तरता दिएको छ ।
रुपाको नेतृत्वमा सर्वसम्मत बनेको १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष सविना विक, सचिव सीता तामाङ, कोषाध्यक्ष माया दर्जी र सहसचिव सुनिता राना छन् । सदस्यमा कमला तिवारी, माया भुजेल परियार, शर्मिला रानामगर, सरस्वती रानामगर, शर्मिला थापा गुरुङ, शारदा सुनार, मिठु परियार, कोपिला परियार, चन्द्रकला कामी र सावित्री विक निर्वाचित भएका छन् ।
कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विकास, निर्माण र दैनिक कामका सिलसिलामा समस्या भोग्नुपरेमा सिधै वडामा सम्पर्क गर्न आग्रह गरे । सभाा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य गोपी तुलाचन, न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, राष्ट्रिय भूमिअधिकार मञ्च कास्कीका प्रेम गुरुङ, शान्तिघाट आमा समूह अध्यक्ष सरस्वती श्रेष्ठ (सरु), कृष्ण टोल विकास संस्थाका अध्यक्ष कान्छा लामा थिङ, कृष्ण टोल विकास संस्थाका सल्लाहकार राजु परियार, ध्रुव श्रेठ लगायतले बोलेका थिए ।
सभाले अध्यक्ष रुपा केसीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माया दर्जीको आर्थिक प्रतिवेदन पारित गरेको छ । समारोहमा समूहमा आवद्ध सदस्यका २०७७ देखि २०७९ सम्म कक्षा १२ उत्तीर्ण छोराछोरी, समूहका गतिविधिमा आर्थिक सहयोगदाता लगायतलाई सम्मान गरिएको थियो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया