सृजना विकास केन्द्रको शिविर

समाधान संवाददाता २०८० जेठ १ गते १३:५४

पोखरा ।
सृजना विकास केन्द्र पोखराले अन्नपूर्ण गाउँपालिकामा स्वास्थ्य शिविरसहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । २०३७ मा सामाजिक संस्थाका रुपमा स्थापित केन्द्रले शिक्षा, स्वास्थ्य, खेलकुद, बालबालिका तथा महिला केन्द्रित रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

वार्षिक रुपमा स्वास्थ्य सचेतना अन्र्तगत महिलाको स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको अध्यक्ष कृष्णबहादुर थापाले बताए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाबासीलाई स्वास्थ्य बिमा अन्तर्गत गाउँपालिकाले पचास प्रतिशत अनुदान दिएको उल्लेख गरे ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा सृजना शर्मा, डा तारा गुरुङ, डा प्रतीक गैरे, डा निरज पौडेल लगायतले जाँच गरेका थिए ।

Advertisement

नयाँपुल स्वास्थ्य क्लिनिकका प्राविधिकले समेत शिविरमा सहयोग गरेका थिए । शिविरमा अन्नपूर्ण गाउँपालिका र पर्वतको मोदी गाउँपालिकाका गरी करिब ३ सय महिलाले सेवा लिएका छन् ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वार्ड नं. ५ का जीवनाथ पौडेल, केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, बालगृह संयोजक सोमनाथ बराल, केन्द्रका निवर्तमान अध्यक्ष ईन्द्र पौडेल, कार्यक्रम संयोजक शान्ति शर्मा, सहप्राध्यापक राधिका रेग्मी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ, कोषाध्यक्ष कृष्णप्रसाद बराल, जाल्पा सामुदायिक लघुवित्त गण्डकी प्रदेश प्रमुख युवराज शर्मा, अभिमान मेमोरियल माविका अध्यक्ष दानबहादुर केसी, नयाँपुल स्वास्थ्य क्लिनिकका प्रमुख सञ्जोग मरासिनी, द हेभन क्लब अफ नयाँपुलका अध्यक्ष विजय भूर्तेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया