दुर्लुङ समाज पोखराको सभा

समाधान संवाददाता २०८० जेठ १ गते १४:०८

पोखरा ।
दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गाउँ छोडेर सहरमा छरिएर रहेकालाई एकावद्ध समाजले बनाएको बताए ।

Advertisement

उनले दुर्लुङ समाजले सुरुवात गरेको एम्बुलेन्स अभियानलाई सकारात्मक रुपमा हेरिएको सुनाए । ‘राज्यले किनेर दिनुपर्ने ठाउँमा तपाईहरु लागि पर्नुभएको छ ,’ उनले भने, ‘एम्बुलेन्स छिटो सञ्चालनमा आउनेछ । कता कता एम्बुलेन्सको दुरुपयोग पनि हुने गरेको समाचार आउने गरेका छन् । त्यसमा सावधानी अपनाउनुपर्ने हुन्छ ।’

प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले जहाँ गए पनि मातृभूमिको जिम्मेवारी बिर्सन नहुने बताए । उनले दुर्लुङ समाजले पोखरा आएर बसेकालाई एउटै छातामा राख्ने र दुखसुखमा साथ दिने काम गर्न पर्ने सुझाव दिए । ‘भावना एकता कायम, दुःख, पीरमा साथ दिने काम गर्नपर्छ,’ उनले भने, ‘एम्बुलेन्स अभियान सुरु भएको छ । यो निजी स्त.रबाट गाह्रो काम हो । तपाईहरुले आट्नु भएको छ । यसमा सबैको साथ छ ।’

एम्बुलेन्स सञ्चालनको लागि बजेट निकै लाग्ने हुँदा उनले नआत्तिन अनुरोध गरे । ‘तपाईहरु नआत्तिनुहोस् । केही रकम पुगेन भने हामी छौं । एम्बुलेन्स अभियानले पूर्णता पाउँछ ।’ सभामा संघीय सांसद पदम गिरी र पर्वतबाट प्रदेश सभाको निर्वाचनमा निर्वाचित रेखा गुरुङ, भक्त कुँवर र मित्रलाल बस्याललाई सम्मान गरिएको छ ।

प्रदेश सभा सदस्य मित्रलाल बस्यालले समाजले गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै एम्बुलेन्स अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्का प्रदेश सभा सदस्य भक्त कुँवरले समाज गठन गरी आफ्नो जन्मथलोमा केही गर्नुपर्छ भन्ने भावना स्तुत्य भएको जनाए । प्रदेश सभा सदस्य रेखा गुरुङले जनताले देख्ने गरी काम गर्ने बताइन् ।

Advertisement

कुश्मा नगरपालिका उपप्रमुख स्वास्थानी रिजालले वडामा एम्बुलेन्स नहुँदा बिरामी ल्याउन असहज भएको अवस्थामा दुर्लुङ समाजले गरेको अभियानमा हातेमालो गर्ने बताइन् । उनले ५१ हजार रुपैयाँ एम्बुलेन्स अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम पौडेलले संस्थामा भए, गरेका कामको विवरण सुनाए । कार्यक्रमको सञ्चालन सचिव ईश्वरी पौडेलले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया