विद्यार्थीलाई इन्द्रेणीको सहयोग

पोखरा ।
पोखरा महानगर पालिका वडा न १ मा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रले अन्नपूर्ण गाउँ पालिका वडा ४ सल्यानको भूमेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
बाल कक्षादेखि ५ कक्षा सम्मका ४१ विद्यार्थीलाई ट्राकसुट, स्टेसनरी र खेलकुदका सामग्री वितरण गरिएको हो । प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउने बेला सरकारी विद्यालयमा विद्यार्थी कम हुँदै जानुको कारणबारे छ्लफल हुनुपर्नेमा जोड दिए ।
उनले इन्द्रेणीले गरेका सामाजिक कार्यको अन्य संघ, संस्थाले अनुशरण गर्नुपर्ने विचार राखे । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निरजबिक्रम राणा, महासचिव वसन्त बास्तोला र विद्यालयका प्रधानाध्यापक तोरण केसीले पनि बोलेका थिए ।
केन्द्र को आव २०७९/८० को समीक्षासँगै आव २०८०/८१ को योजना तर्जुमा कार्यक्रम पनि भएको केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया