सवारी चालकको स्वास्थ्य जाँच

लेखनाथ ।
ट्राफिक सप्ताहको अवसरमा शनिबार सवारी चालक÷परिचालकको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजनामा अस्थायी ट्राफिक प्रहरी पोस्टडाँडाको नाकमा आयोजित कार्यक्रममा ५५ चालक÷परिचालकको सुगर, प्रेसर जाँच गरिनुका साथै ५० जनाको आखाँसमेत परीक्षण भएको छ ।
बैशाख २५ गतेदेखि सुरु भएको सप्ताहअन्तर्गत आइतबार भएको कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले सचेतना नै सडक दुर्घटना न्यूनीकरणको सबैभन्दा प्रमुख अस्त्र भएको जनाए । सडक विभाग, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, स्थानीय सरकार लगायतका जिम्मेवार निकायले पनि यसमा दायित्वबोध गर्नुपर्ने उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, अस्थायी ट्राफिक प्रहरी पोस्ट डाँडाको नाकका इन्चार्ज प्रहरी सहायक निरीक्षक जितबहादुर केसी र प्रहरी नायब निरीक्षक बद्रि तिमिल्सिनाले बोलेका थिए ।
कार्यक्रममा लेखनाथ सिटी हस्पिटल र हिमालय आँखा अस्पताल घारीपाटनका स्वास्थ्यकर्मीले परीक्षण गरेका थिजए । गण्डकी प्रदेशका ११ जिल्लामा एकै साथ ट्राफिक सप्ताहको अवसरका विभिन्न कार्यक्रम जारी छन् ।









गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया