मेलाको प्रारुप बनाउन समिति

समाधान संवाददाता २०८० जेठ २ गते १०:५१

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ ।

संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी/व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए ।

उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी पनि थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको अन्तिमसम्म आफ्नो रायसहितको सुझाव संंघलाई बुझाउने छन् ।

Advertisement

नेपालमा संगठित रुपले पहिलो पटक मेला र महोत्सव आयोजाको इतिहास बनाएको संघले बर्सेनी आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्नुपर्ने महसुस भएपछि सो उपसमिति गठन गरिएको हो । पोखराको प्रतिष्ठित घराना अंशुभराका प्रबन्धनिर्देशकसमेत रहेका थापा युवा उद्यमी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया