पोल्याङटारमा विशाल सहकारीको शिविर

पोखरा ।
विशाल बचत तथा ऋण सहकारी पोखरा ४ ले रुपा ३ स्थित पोल्याङटारमा स्वास्थ्य शिविर आयोजना गरेको छ । वार्षिक कार्य योजनाअन्तर्गत सहकारीले निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा मणिपाल शिक्षण अस्वतालका डा. सरस्वती ढकाल, डा प्रिया क्षेत्री, डा एरिका लामा, डा. एलिशा श्रेष्ठ, वरिष्ठ ल्याब टेक्नोलोजिस्ट सुजन पराजुली लगायतले स्वास्थ्य जाँच गरेका थिए । यस वडामा संस्थाका करिब ८० सदस्यको बसोवास रहेको र पोखरासम्म आउनुपर्ने बाध्यता हटाउन शिविर गरिएको हो ।
सहकारीले सदस्यप्रतिको दायित्व वहन गर्ने क्रममा कार्यक्रम गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले सुनाए । रुपा ३ का वडाध्यक्ष दीपेन्द्र गौतम दुर्गम गाँउमा आएर निरन्तर सेवा गरेकोमा सहकारीलाई धन्यवाद दिए ।
सहकारीका अध्यक्ष नवन नेम्कुलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शिव शर्मा, कार्यक्रम संयोजक बुद्धिप्रसाद पौडेल, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, संस्थाका सचिव तारादेवी पराजुली, स्वास्थ्य उपसमिति सदस्य सुजन पराजुली, रमादेवी शर्मा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया