न्युरोडमा संगम सहकारीको सेवा केन्द्र

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १५ रामवजारमा रहेको संगम बचत तथा ऋण सहकारीले न्युरोडमा मंगलबारबाट सेवा केन्द्र सुरुआत गरेको छ । सेवा केन्द्र पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरे ।
वडाध्यक्ष मर्सानीले संगम लामो समयदेखि सहकारीको मान्यता अनुरुप सञ्चालन भई अरु सहकारी समस्यामा पर्दा फैलिन सफल भएको बताए । २०६१ मा स्थापना भएको यो सहकारीले २० औं वर्ष पुगेको अवसरमा सेवाग्राहीको सुविधाका लागि महानगरपालिका कार्यलय नजिक पोखरा ९ न्युरोडमा सेवा केन्द्र खोलेको हो ।
संस्थाका संरक्षक निरज थापाले केन्द्रवरिपरिका बासिन्दा र व्यवसायीको साथ, सहयोगको अपेक्षा गरे । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कानुनी सल्लाहकार दयाराम गौतम, वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारी, सेयर सदस्य दामोदर शर्मा, शोभा कुँवर, स्वास्थ्य स्वयंसेविका मिरा गिरी, लेखा संयोजक भविन्द्र गिरी, उपाध्यक्ष बुद्धिमान थापा र सचिव धनराज पुरीले बोलेका थिए ।
कार्यक्रममा दीर्घकालीन बचतकर्ता सूर्य गिरी, दैनिक बचतकर्ता समीरकुमार थापा, बाल बचतकर्ता जेसिका विक, ज्येष्ठ सदस्य बचतकर्ता दीर्पा थापा, ऋण कारोबारी आशा साई, सुझावदाता धनप्रसाद गुरुङ, सञ्चालक सुवासचन्द्र भण्डारी, उपसमिति सदस्य ईन्द्रबहादुर गिरी र कर्मचारी गोमा गिरीलाई सम्मान गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा भएको हो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया