
जोमसोम ।
पछिल्लो ६ महिनामा मुस्ताङमा लेक लागेर १० पर्यटककोको मृत्यु भएको छ । चालु वर्षको मंसिरदेखि वैशाख पहिलो हप्तासम्म १० विदेशीको हाइ अल्टिच्युड (लेक लागेर) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
समुद्री सतहदेखि ३ हजार मिटर उचाईमा पर्ने मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई हाइ अल्टिच्युडको समस्या देखिने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेल बताउँछन् । हाइ अल्टिच्युडबाट मृत्यु हुनेमा अधिकतर ४० वर्ष नाघेका छन् ।
गर्मी ठाउँबाट चिसो भूगोलमा मुक्तिनाथ दर्शन तथा घुम्न आउने पर्यटकले आवश्यक सजगता नअपनाउँदा लेक लागेर मृत्युसमेत हुने गरेको छ । स्वास्थ्य अवस्था कमजोर भएका, जेष्ठ नागरिक र दीर्घरोगीलाई मुस्ताङ आउँदा समस्या देखिने गरेको छ ।
मंसिर २ गते मनाङबाट तिलिचो ताल हुँदै मुस्ताङ आउने क्रममा घरपझोङ ५ मा पर्ने मेसोकोन्दो हिमालमा हाइ अल्टिच्युडका कारण थाइल्यान्डका पर्यटक ४९ वर्षीया रटाया फिलायासुजी र ३७ वर्षीया पेनी आरानयुएमको मृत्यु भयो । चैत ४ गते मुक्तिनाथ क्षेत्रमा रुकुमपूर्व पुथा उत्तरगंगा गापा वडा ६ का सतलाल बुढाले ज्यान गुमाए ।
चैत १७ गते मुक्तिनाथ दर्शन गर्न आएका भारत उत्तर प्रदेशका ४८ वर्षीय सहदेव (साँधु) र तेलेङगाना भवानीनगर हैदरवादका ६१ वर्षीया रुपा थाङ्गेलाको हाइ अल्टिच्युडले ज्यान गयो । सोही महिनाको १८ गते ६४ वर्षीय भारतीय नागरिक बुङगा मुरलीको अल्टिच्युडले मृत्यु भयो ।
त्यसको ३ दिनपछि भारत कर्नाटकका ६९ वर्षीय आर जागाराजले सोही समस्याले जान गुमाए । गएको चैतमा मात्रै ५ भारतीय पर्यटकले लेक लागेर ज्यान गुमाएका छन् ।
वैशाखमा भारतको कडारी राजेन्द्र नगरका ६९ वषीया रिता मेहोरोत्रा, धादिङका कपिल ठकुरी र भारतको गान्धीनगर आन्द्रा प्रदेशका ६६ वर्षीय मदुल्ला लक्ष्मी नरंिसम्हा राओकोको लेक लागेर मृत्यु भएको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया