शरणार्थी प्रकरणका आराेपितलाई एमालेले कारवाही गर्यो, कांग्रेसले संरक्षण दियाे: एमाले उपमहासचिव ज्ञवाली

पोखरा ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारवाही गरेको बताए ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रकरणमा जोडिएकालाई एमालेले कारवाही गरेपनि कांग्रेसले संरक्षण गरेको बताएका हुन् ।
‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डीत हुनैपर्छ किनभने यो सानो ठगि, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो,’ उनले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोली छानविनले बताउँला, छानविनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’
नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारवाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । ‘यस प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारवाही हुनुपर्छ, भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्छ,’ उनले भने ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया